1100×100 Nabil Advert

बजेटले सङ्घीयतालाई बलियो बनाउन सकेन : राज्यमन्त्री कुमारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन नसकेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा उनले राज्यले पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘शिक्षासम्बन्धी विकास हुनको लागि पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी प्रकृयाहरू अगाडि बढाउनुपर्छ । निश्चित रूपले उहाँहरूले पनि राज्यमा समानुपातिक साझेदारी पाउनुपर्छ । त्यसका लागि शिक्षा मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सङ्घीयतालाई मजबुत बनाउन शिक्षाको महत्वपर्ण भूमिका रहन्छ । शिक्षा मन्त्रालयअन्तर्गतको बजेट विनियोजनले सङ्घीयतालाई मजबुत बनाउन सक्दैन ।’

बजेट विनियोजनमा संविधान संशोधन हुन आवश्यक भएको उनको भनाइ छ । मन्त्री कुमारीले शिक्षा मन्त्रालयले पिछडिएका वर्गको हकमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

 

प्रकाशित समय १४:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु