‘साउथ एशिया कराते कप-२०८०’ मा बझाङका सुदीप प्रथम
भातेखोला (बझाङ) । साउथ एशियन कराते प्रतियोगिता-२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ । भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेल्नुभएका कठायतले ५५ केजी तौलबाट प्रथम हुनुभएको हो ।
जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको हो । अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गर्नुभएको हो । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका-२ बाडेगाउँको स्थायी निवासी हुनुहुन्छ ।
प्रकाशित समय २३:१८ बजे





















