1100×100 Nabil Advert

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले जानकारी दिए ।

‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ ।’ उनले भने ।
सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देश बाहिर रहेकाले अन्त्येष्ठिको दिन तोकिएको छैन् ।

 

प्रकाशित समय ११:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु