1100×100 Nabil Advert

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा.श्रेष्ठ र योङहोङबीच भेटवार्ता भएको हो ।

नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औं योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्‍याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

 

 

प्रकाशित समय १५:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु