1100×100 Nabil Advert

बागमतीमा दुई महिना यता अवरुद्ध प्रदेश सभा खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकेका हुन् । प्रदेश सभाको बैठक दुई महिना यता बस्नै सकेको छैन् ।

गएको असार २२ गते प्रदेशसभाबाट बजेट पारित गरेपछि बागमती प्रदेश सभाको लागि मिति तोक्दै आएपनि पनि बैठक बस्न सकेको छैन । सदनको अवरोध खुलाउने हेतु सभामुख पाठकले आज बोलाएको सर्वदलीय बैठकमा सरकार र विपक्षी दलबीच सहमति जुटे आजै प्रदेश सभाको बैठक बस्ने तयारी छ ।

प्रदेश सरकारले बजेट पास गर्ने समयमा विपक्षी दलहरूका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको तर, अहिलेसम्म माग सम्बोधन गर्ने विषयमा कुनै पनि निर्णय नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले असन्तुष्ट बनेको छ । सोही कारण प्रदेश सभा बैठकमा अवरोध गर्दै आएपछि प्रदेश सभा बस्न सकेको छैन ।

प्रकाशित समय ०९:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु