1100×100 Nabil Advert

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि नगद तथा चेक जम्मा गर्ने मेसिन

काठमाडौं । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी गु्रपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।

ग्राहकको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरेको उनले बताए । यो सुविधा भएपछि बचत र लाईन बस्नु पर्ने झन्झटबाट मुक्त गर्ने उनको विश्वास छ । उनले भने, ‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उद्देश्यले चेक जम्मा गर्ने मेसिन मार्फत् शुरुवात गरेको छ । यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ ।’

यसले ग्राहकहरुलाई सेवा दिने र हरेक हिसाबले अब्बल हुनको लागि यस्ता सेवाहरु लयाएको बताएका छन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । करिब २ मिनेटमा ग्राहकले जम्मा गरेको ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

 

ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै मेसिनबाटै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंको न्यूरोड र कमलादी तथा काठमाडौं बाहिर इटहरी, नारायणघाट र बुटवल तथा चेक डिपोजिटर कमलादी, न्यूरोड र कुलेश्वर तथा काठमाडौं बाहिर विरगंञ्ज र पोखरामा राखिएको जनाएको छ । एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने बताइएको छ ।

 

प्रकाशित समय १३:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु