1100×100 Nabil Advert

चौतर्फी बिरोधका बीच एमसिसी परियोजना कार्यान्वयनमा

काठमाण्डौं । अमेरिकी सहायता परियोजना एमसिसी आजदेखि कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले एमसिसी परियोजनाको कार्यान्वयन शुरु भएको घोषणा गरेका हुन् । घोषणा सभामा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले धेरै उतार चढावका बीच परियोजना कार्यान्वयनमा आएको भन्दै खुसि व्यक्त गरेका छन् ।

त्यस्तै एमसीसी कम्याक्टका उपाध्यक्ष अल्फोर्डले, पाँच वर्षे काउन डाउन शुरु भएकोमा खुशी व्यक्त गरे । परियोजना कार्यान्वयनको अवस्थासम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका उनले यो परियोजनाले नेपालको विकाशमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । आजबाट कार्यान्वयनमा गएको घोषणा भएसँगै अब एमसिसीको पाँच वर्षे अवधि पनि गणना शुरू भएको छ । अब एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ ।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मतलगायतका क्षेत्रमा अमेरिकी सहायता प्रयोग हुनेछ । प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी–रातमाटे नयाँ हेटौंडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ ।

त्यस्तै रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ । नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासीको भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाइने छ ।

सडक आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ । आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ ।

प्रकाशित समय १७:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु