1100×100 Nabil Advert

पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट : नेपाललाई चौथो सफलता

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् । यो सँगै पाकिस्तानले २८ ओभर दुई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् । त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत् लिएको हो । ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।

 

प्रकाशित समय १७:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु