1100×100 Nabil Advert

काठमाडौं दुई दिन गाडी चलाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो । काठमाडौं महानगरका अनुसार असन-केलटोल-इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।

प्रकाशित समय ०८:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु