1100×100 Nabil Advert

काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन हुँदैन: बागमती प्रदेश मन्त्री खड्का

काठमाडौं । वागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छिन् ।

काठमाडौं महानगरपालिकाको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौ महानगर प्रमुख बालेन्द्र साह बालेनलाई लक्षित गर्दै क्षणिक वाहवाही पाउन मात्र काम गर्न नहुने बताइन । यातायात व्यवसायीहरु समेत सहभागी रहेको छलफलमा मन्त्री खड्काले काठमाडौं भित्रका बसपार्कहरुलाई व्यवस्थित बनाइनु पर्ने बताइन् । उनले भनिन ‘ महानगरले समन्वयन गर्नु पर्ने ठाउँमा असहज ग¥र्यो भन्ने कुरा सुन्दा दुःख लाग्यो । उहाँ जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन् । यो विषयमा गहन रुपले सोच्नु पर्ने हुन्छ । महानगरको जुन काम गरेको छ त्यसको वाह वाह भईरहेको छ । यस्तो कामले नकारात्मक सन्देश प्रवाह गर्छ जस्तो लाग्छ । ’

मन्त्री खड्काले काठमाडौं महानगरपालिकामा ७७ वटै जिल्लाको मानिसहरु बस्ने भएकाले उनीहरु आ–आफ्नो जिल्लामा जाँदा सहज हुने व्यवस्था काठमाडौं महानगरपालिकाले गर्नु पर्ने बताइन ।
उनले काठमाडौंको जाम र सावारी साधनको चाप हटाउन चोक चोकमा बस पार्कको व्यवस्था गर्नु पर्ने समेत बताइन् ।

प्रकाशित समय ११:३४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु