मन्त्री किरातीको बुवाको अन्त्यष्टि पशुपतिमा गरिने

काठकाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवालाई पशुपतिमा अन्त्यष्टि गरिने भएको छ । उपचारको क्रममा रहेको हर्क बहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो ।

मृतक राईकै इच्क्षाअनुसार उनको अन्त्यष्टि गृहजिल्ला भोजपुरमै मौकि परम्परा अनुसार गरिने भनिए पनि खराव मौसमका कारण पार्थिव शरिरलाई गृह जिल्ला लैजान नसकिने देखिएपछि राईको अन्त्यष्टि आज दिउँसो पशुपतिमा गरिने जानकारी किरातीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका छन् ।

राईको आज विद्युतीय शवदाहबाट दिउँसो २ बजेपछि अन्त्यष्टि गरिंदै छ । आज बिहानै मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रकाशित समय १३:१० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु