1100×100 Nabil Advert

देशभित्र उध्यमशीलता गरेकाे पुरस्कार जीवनकाे उत्तरार्धमा पाएकाे छु : मीनबहादुर गुरुङ

हिरासतबाट भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको बयान :  राज्य लागेपछि नसकिने रहेछ।  म ५४ दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  को हिरासतमा छु। मेरो श्रीमती सावित्री, छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भतिजी सरलामाथि पक्राउ आदेश छ। मलाई कुन कसुरमा यसरी हिरासतमा राखिएको हो, अहिलेसम्म पनि बुझ्न सकेको छैन ।

मेराविरुद्ध राज्य किन लाग्योरु मैले राज्य विप्लवको काम के गरेँरु ५४ दिनदेखि मेरो मथिंगलमा घुमिरहेको छ। अरु लागे सकिने रहेछ, तर राज्य लाग्यो भने केही पनि गर्न नसकिने रहेछ। मलाई जुन आरोपमा पक्राउ गरेर हिरासतमा राखिएको छ, त्यो आरोप सत्य छन् तरु मैले राज्यलाई सबै तिरो तिरेर जग्गा किनेको हुँ। राज्यलाई राजस्व तिरेर जग्गा किन्दा म कसरी कसुरदार भएँरु मैले जग्गा किन्दा जग्गाधनी प्रमाण पुर्जा रहेको र जग्गाधनीकै नाममा श्रेस्ता कायम रहेको थियो। त्यही आधारमा जग्गा किन्दा म कसरी कसुरदार ठहरिएँरु

मैले मेरो सबै जीवन यही देशमा उद्यमशीलताको विकासमा लगाए। देशभित्र उद्यमशीलता गरेको पुरस्कार जीवनको उत्तरार्धमा राज्यबाट पाएको छु। मैले उद्यमशीलता गर्दा पाएको पुरस्कारले मेरो मनमा मात्रै होइन हरेक उद्यमशीलता विकास गर्नेमाथि पुगेको महसुस गरेको छु। मैले यो देशमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास राखे। त्यही आत्मविश्वासका बलमा भाटभटेनीलाई देशका विभिन्न स्थानमा पुर्‍याउन सफल भइरहेको थिए। मैले पहाडदेखि मधेससम्म आफ्नो शाखा विस्तार गरेँ। देशलाई जोड्ने भनेको व्यापारले नै हो। व्यापारले रोजगारी सिर्जना गर्छ, उत्पादनलाई जोड्छ। र, एउटै भावनामा उन्ने काम गर्छ। त्यही मूल मर्म लिएर मैले भाटभटेनीको शाखा विस्तार गरेको थिएँ। मैले लिएको आँटलाई जनताले पनि साथ दिनुभयो। त्यही भरोसाका कारण मैले आफ्नो सबै ऊर्जा देशभित्रै खर्चिएँ।

यही सफलताका कारण मैले विदेशमा स्थापित भएका आफन्तहरुलाई पनि स्वदेश फिर्ता बोलाए। विदेशमा बसेर राम्रो व्यापार गर्नेदेखि राम्रो पेसा गर्नेलाई स्वदेश ल्याएँ। उनीहरु मसँग जोडिएर व्यापार व्यवसाय गरिरहेका थिए। म पक्राउपछि उनीहरु सबैभन्दा बढी चिन्तामा छन् । उनीहरुले सिधै मलाई कुनै प्रश्न गरेका छैनन्। तर, मलाई ठूलो आत्मग्लानी भएको छ। राम्रो व्यापार गरिरहेका, राम्रो पेसामा आबद्ध भएकालाई मैले नेपाल फर्काएर ठुलै गल्ती गरेँ। व्यापारलाई पारदर्शी बनाएर राज्यको ढुकुटी बलियो बनाउनु गलत थियो। भाटभटेनी खडा गरेर मध्यम, उच्च मध्यम र ठूला व्यवसायीलाई जोड्नु गलत थियो। हजारौंलाई रोजगारी दिनु पनि गलत थियो। त्यही गल्तीको दण्ड मैले भोगिरहेको छु। त्यही भएर मलाई अहिले लाग्न थालेको छ, यो देश मेरो लागि होइन।

प्रकाशित समय २१:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु