1100×100 Nabil Advert

जिल्लास्तरीय हाजिरीजवाफमा विद्या सदन प्रथम

वीरगञ्ज । जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा वीरगञ्जस्थित विद्यासदन मावीले प्रथम स्थान हासिल गरेको छ । नेपाल निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १४ निजी विद्यालयको सहभागिता थियो ।

प्रतियोगितामा पिस जोन मावि द्वितीय र ओसिस मावि तृतीय भएको एनप्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लास्तरीय हाजिरजवाफबाट छनोट भएका विद्यालयले यही भदौ ९ गते वीरगञ्जमा हुने मधेस प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगितामा सहभागी हुने एनप्याब्सनले जनाएको छ ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा एनप्याब्सन मधेस प्रदेश समितिका अध्यक्ष डा. नन्दन यादव, रासस वीरगञ्ज पर्साका प्रमुख राजु विश्वकर्मा, एनप्याब्सनका केन्द्रीय सदस्य इन्द्रदेव साह, कोषाध्यक्ष राजेश लिम्बू, सदस्यहरु शौकत अलि, सोनालाल पटेल, अनिल साह, सल्लाहकार प्रेम यादव, लालबहादुर गुरुङ, नगर उपाध्यक्ष सन्तोष साहलगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रकाशित समय १८:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु