1100×100 Nabil Advert

सदनको अवरोध हटाउन दुबैपक्ष लचिलो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनको अवरोध हटाउने कुरामा प्रतिपक्ष र सरकार दुवै पक्ष लचिलो भएको बताएका छन् ।

आईतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसँगको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।

‘अहिले प्रमुख प्रतिपक्ष पनि लचिलो भएको छ । सरकार पनि लचिलो भएको छ । र हामीले दुवै पक्षलाई संसदको अवरोध समाप्त गर्ने दिशातर्फ पहल गरेका छौं ।’ उनले सुन प्रकरणको विषयमा अहिले भईरहेको अनुसन्धानलाई पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गर्ने खालको कुरा भएको बताएका छन् ।

प्रकाशित समय १७:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु