1100×100 Nabil Advert

जोखिम बढेपछि सेती नदी किनारामा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगियो

काठमाडौं । अविरल वर्षाका कारण सेती नदी किनारामा जोखिम बढेपछि उक्त स्थानमा रहेका स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाले अन्य निकायको समन्वयमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

तनहुँ जिल्ला, शुक्लागण्डकी न.पा.–४, पुल्चोकस्थित रहेका ३ वटा घरहरू जमिन भासिएर सेती नदीमा खस्ने जोखिम बढेपछि बुधबार नेपाली सेनालाई उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । यसको साथै, जोखिममा रहेका घरहरुबाट स्थानीयबासीको लत्ता कपडा, खाद्यान्न तथा भाडावर्तन लगायतका सामग्रीहरु समेत सुरक्षित स्थानमा लगिएको छ ।

प्रकाशित समय १२:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु