स्मृति दिवस मनाउँन दोरम्बा गए प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछापको दोरम्बा गएका छन् । दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन दाहाल रामेछाप गएको उनको सचिवालयले जनाएको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो ।
सोहि दिनको सम्झनामा नेकपा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ । प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सरिक हुने बताइएको छ ।
प्रकाशित समय ११:५८ बजे





















