विदेश पलायनभन्दा नेपालमै केही गर्नुपर्छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देखावटीको लागि मात्र काम गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले कसैले सुनियोजित तरिकाले प्रचार गरेको छ भने त्यसको पछि लाग्न नहुने बताए । उनले कुनै कुरा देखाउनको लागि मात्र नभई राम्रोको लागि गर्नु पर्ने पनि प्रष्ट पारे ।
उनले भने ‘हामी स्याले नहोऔं । कसैले सुनियोजित तरिकाले प्रचार ग¥यो भने त्यो मेन स्ट्रिम बन्दलिन्छ । त्यही नै हो होमा हामी लाग्छौं । त्यसरी हामी ओपिनेन नबनौं । हेरौं सत्य के हो ? त्यसरी जान जरुरी छ । शो–अपको लागि मात्र काम नगरौं ।’
मन्त्री महतले विदेश पलायनभन्दा पनि नेपालमै केही गर्नुपर्ने र यहाँको सम्भावना प्रचुर रहेको पनि बताए । युवाहरुलाई सरकारले सहयोग गर्ने र सबै आफ्नो सपना नेपालमै बसेर पूरा गर्न सक्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित समय १७:०९ बजे




















