मौद्रिक नीतिका मुख्य–मुख्य बुँदाहरु के के छन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भार कम हुने प्रष्ट पारेका छन् । आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले ५० लाखसम्म शेयर धितो कर्जामा लागि १०० प्रतिशत जोखिम भार बनाइने बताए ।
‘आज भन्दा २ वर्ष अगाडि १५ लाखभन्दा सानो कर्जाको हकमा १०० प्रतिशतमात्र जोखिम भार लगानी हुने त्यो भन्दा धेरैको हकमा १५० प्रतिशत लागू हुने व्यवस्था गरेका थियौं । त्यो २५ लाखलाई अलिकति बढाएर ५० लाखसम्म बनाउने भनेर तयार गरिएको हो । हामी निकट भविष्यमा चाँडोभन्दा चाँडो यससँग सम्बन्धित सर्कुलर ल्याउँछौं । यसको कुनै अन्यौता भएर सबैको १०० बाट १५० गराउन खोजेको हो कि अथवा ५० सम्मको १२५ सम्म हो कि भन्ने अन्यौलतामा नरहनु होला हामी यसमा स्पष्ट छौं ।’
मौद्रिक नीतिको मुख्य बूँदाहरू
– बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्था यथावत राखिएको छ ।
– आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दूले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंक दरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।
– यस बैंकले सञ्चालन लक्ष्यको रूपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने छ ।
– ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ ।
(मौद्रिक नीतिको पूर्णपाठ)
प्रकाशित समय २२:१८ बजे




















