सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरुलाई सम्मान
काठमाडौं । ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट तीनजना सञ्चारकर्मीहरुसहित विभिन्न कलाकर्मीहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा प्रभाव दैनिकका पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र क्रसचेक मासिकका सम्पादक एवं आर्थिक मिडिया सञ्चालक संघका सचिव टंक कार्की रहेका छन् । उहाँहरुलाई ‘बक्स अफिस पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करण भब्यताका साथ एक कार्यक्रम गरी सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अथिति नेपाल राष्ट्र बैंकका नोट डिजानर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण शिवाकोटी, आरके मानन्धर, निर्माता सुनिल ढकाललागयत थुप्रै वरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । स्थानीय पुराना निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतिमा सम्पन्न भएको टेलिफिल्म अवार्डमा प्रसिद्ध कलाकारहरुले मौलिक साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । प्रसिद्ध कलाकार तथा निर्देशक सुवास गजुरेलको प्रमुख जुरि अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नेसनल बक्स अफिस टिलिफिल्म अवार्ड २०८० संस्करणको बिजेताहरुमा वैवसिरिज अवार्ड २०८० को बिजेताहरुमा सर्वोत्कृष्ठ श्रृंगार विश्वराम केसी (उल्टो सुल्टो), सर्वोत्कृष्ट कथा आशा खडका (भुन्टी), सवोत्कृष्ठ पटकथा–संवाद शिव शर्मा (टुहुरी), सर्वोत्कृष्ठ छायाँकार पवन भुजेज (बुहारी), सर्वोत्कृष्ठ सम्पादक रविन भट्ट (उल्टो सुल्टो), सर्वोत्कृष्ठ चरित्र अभिनेता –देशभक्त खनाल (बुहारी), सर्वोत्कृष्ठ नवनिर्देशक स्वानिका बास्तोला (त्याग), सर्वोत्कृष्ठ चरित्र अभिनेत्री रिता शिवाकोटी (भुन्टी), सर्वोत्कृष्ठ अभिनेता सागर गौतम (कान्छी), सर्वोउत्कृष्ट अभिनेत्री आशा खडका (भुन्टी), सर्वोत्कृष्ठ निर्देशक रामचन्द्र बोहरा (बुहारी), सर्वोउत्कृष्ट उत्कृष्ट वैव सिरिज (कान्छी) रहेका छन् ।
त्यसैगरी नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० को सर्वोत्कृष्ठ टेलिफिल्म तर्फबाट अवार्ड बिजेताहरुमा शृगार निर्मला आचार्य (जुठे), कथा किशोर अनुराग (खहरेघाट), पठकथा/संवादमा राजु पौडेल÷मरिचमान श्रेष्ठ (जुठे), छांयाकार राहुल राई (मैरिबास्सै), सम्पादनमा रविन भट्ट (जुठे), चरित्र अभिनेत्री विद्या कार्की (जुठे), चरित्र अभिनेता सुशील पोख्रेल (गाह्रो छ है), नवनिर्देशक दिवाकर भन्डारी (मेरिबास्सै), नवअभिनेत्री इछा सिंह (खहरेघाट), अभिनेत्री युनिसा ढुङ्गाना (जुठे), अभिनेता मरिचमान श्रेष्ठ (बल्छी) (जुठे), निर्देशक राजु पौडेल÷मरिचमान श्रेष्ठ (जुठे), उत्कृष्ट टेलिफिल्म (जुठे) रहेका छन् ।
त्यस्तै बक्स अफिस एकदशक टेलिफिल्म अवार्ड २०८० बाट ऋषि लामिछानेले हात पारे भने बक्स अफिस रजत जयन्ती संमान २०८० सन्तोष पन्त वरिष्ठ निर्देशक कलाकार (नेपाल टेलिभिजन), बिजय उदय पाल्पाली वरिष्ठ छायाँकार (नेपाल टेलिभिजन), किरण प्रभा तुलाधर वरिष्ठ सम्पादक (नेपाल टेलिभिजन)ले प्राप्त गरे ।
बक्स अफिस टेलिफिल्म विशेष सम्मान २०८० बाट वरिष्ठकलाकार लक्ष्मी गिरि, किरन केसी, आरपी पन्त, शंकर आचार्य सम्मानित भए । त्यसैगरी सकृय टेलिफिल्म सम्मान २०८० बाट प्रज्ञा जोशी (माया), बेगम नेपाली (गा्रहो छ हो), जनकराम न्यौपाने (उपद्रो), सुरज कँडेल (अति भो) सम्मानित भए ।
ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ)को आजिवन सदस्य सम्मान २०८० बाट वरिष्ठ कलाकार शारदा गिरि, वरिष्ठ हेयर ड्रेसर तथा कलाकारबाट बिपना बस्नेत, अभिनेता मोडल बिनोद श्रेष्ठ, नक्कली प्रचण्ड हास्य कलाकार घनश्याम गौतम, ब्युटिसियन नव कलाकार सपना कंडेल, गायक बिर्ख कामी सम्मानित भए ।
प्रकाशित समय २३:२६ बजे




















