1100×100 Nabil Advert

गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई नरैनापुर गाउँपालिकाले गर्‍यो अनुरोध

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरिन नपाओस् भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सुरक्षाकर्मीहरुलाई गाउँपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एकपछि अर्को गर्दै नरैनापुरको सदभावलाई खलल पुर्‍याउन प्रत्यक्ष र अप्रत्यक्षरुपमा चलखेल गरिरहेको बताउँदै गौ हत्याजस्तो जघन्य अपराधले गाउँपालिकालाई मर्माहत बनाएको बताउनुभयो । उहाँले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धित निकायसँग अपिल गर्नु भयो ।

अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबैसँग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले आपराधिक कार्यलाई जाति, धर्मसँग नजोडी मानवीय नाताले अपराध नियन्त्रण गर्नेतर्फ लाग्न सम्बन्धित सबै पक्षसँग अपिल गर्नुभयो । नरैनापुर गाउँकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १८:३६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु