1100×100 Nabil Advert

फरार सांसद रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको एकहप्ता बितिसक्दासमेत उहाँ पक्राउ पर्नुभएको छैन । तर आज भने नोपाल प्रहरीको टोलीले उहाँको घरमा छापा मारेको हो । रायमाझीको घरमा उहाँको सवारी साधन भेटिएको थियो ।

 

रायमाझीलाई पक्राउ गर्न नसक्नुमा सरकारको कमजोरी भएको चौतर्फी आरोप लागिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको दुई–दुई पटकको भेटघाट र कुराकानीले रायमाझीलाई पक्रनबाट जोगाउने खेल भएको आरोपसमेत लागेको छ । यसैबीच नेकपा एमालेले रायमाझीले कानूनी प्रक्रियामा सघाउनुपर्ने निर्णय गरेको छ । पार्टीको बैठकबाटै रायमाझीले कानूनी प्रक्रियामा सघाउनुपर्ने निर्णय गरेको हो ।

प्रकाशित समय १८:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु