1100×100 Nabil Advert

काठमाडौंको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ प्रालि सञ्चालनमा

काठमाडौं । लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरुले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा प्रा.लि. सञ्चालनमा ल्याएका हुन् । सञ्चालनमा आएको प्रा.लि.ले नेपालमा उत्पादिन अण्डाको बजार प्रवद्र्धनसँगै उपभोक्ता र उत्पादनको हीतमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

 

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले कुखुरा पाल्नतर्फ राज्यले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पहिला कुखुरा पाल्न सहज भए पनि पछिल्लो समयमा भने विभिन्न कारण समस्या भइरहेको बताउनु भयो । उहाँले कुखुरा पाल्न खोक्रो भइसकेकाले उकास्न आवश्यक रहेको बताउनु भयो । उहाँले पोल्ट्री व्यवसायमा खेल्ने कामभन्दा पनि उत्पादन बढाउने र बजार सरलीकृत गर्ने काममा लाग्न जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘पहिला कुखुरा पाल्नलाई सहज थियो । उपभोक्ता र बिक्रेताले पनि सहज रुपमा पाउँथे । अहिले विकासका क्रममा आउने स्वभाविक कुराहरु अव्यवस्थित हुँदा धेरै मानिसहरु कुखुरा पाल्नबाट पलायन भएका छन् । साधारण किसानले पनि गर्नसक्ने पेशा हो यो । कुखुरा पाल्न खोक्रो भइसकेको छ । तर यसमा पनि केही मानिस खेलिरहेका छन्, खेल्ने होइन, उत्पादन र सरलीकृत गर्नुपर्छ । निश्चित मुनाफा नखाइ उद्योग चल्दैन तर नाफा खाने भनेर जति पनि नाफा खाने होइन ।’ अध्यक्ष विष्टले पोल्ट्री क्षेत्रमा विगतमा नाकाबन्दी, भूकम्प र त्यसपछिको कोभिड–१९ले धरासायी बनाएको बताउँदै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । व्यवसायीले मात्रै अहिलेको समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

प्रकाशित समय १३:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु