सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनु भएको छ । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताउनु भयो । उहाँले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनु भयो ।
उहाँले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताउनु भयो । उहाँले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताउनु भयो । उहाँले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको बताउनु भयो । गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोके पनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताउनु भयो । उहाँले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताउनु भयो । उहाँले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गर्नुभयो । गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधार हुँदै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘नेपाल सरकार र राष्ट्र बैंकले लिएका नीतिले गर्दा गत असोजबाट शोधानान्तर वचत हुन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थाल्यो । शोधानान्तर स्थितिमा आएको सुधारसँगै सरकारले केही वस्तुमा लगाएको आयात प्रतिवन्ध हटाएको छ । राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था हटाएको छ । शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको छ भने बैंकको ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको ब्याजदर घटाउन थालेका छन् । चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर औसत स्थरमा रहने देखिन्छ । पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको छ । आयातमा कमी आउँदा आवमा सरकारको राजश्व संकलन भने गत वर्षको भन्दा घटेको अवस्था छ । कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको अवस्था छ । २०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निस्कृय कर्जाको अनुपात कुल कर्जाको २.६ प्रतिशत रहेको कुल तरल सम्पती कुल निक्षेपको २४.३ प्रतिशत रहेको जोखिम भारति सम्पतीको १२.९ प्रतिशत कुल पुँजी कोष रहेकाले नेपालका बैंक तथा वित्तीयको वित्तीय स्थिति सुधार रहेको छ ।’
त्यस्तै पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्नसक्ने बताउनु भयो । उहाँले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने उल्लेख गर्नुभयो । उहाँले कोरोनापछि राष्ट्र बैंकले उद्दार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताउनु भयो । उहाँले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लिने मौद्रिक नीति मध्येमार्गि हुन जरुरी रहेको बताउनु भयो । त्यस्तै डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताउनु भयो । उहाँले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले नितिगत व्यवस्था कटौति गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गर्नुभयो ।
प्रकाशित समय १२:५८ बजे