1100×100 Nabil Advert

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गर्नुभयो ।

 

सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रकाशित समय १९:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु