कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ । कार्यसूची अनुसार बैठक आज बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

बैठकमा कांग्रसे पठाउने चार मन्त्रीको नामावली टुंगो लगाउनेछ । कांग्रेसले पाएको ८ मध्ये चार मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । बैठकले मन्त्रीको नामावली टुङ्ग्याउन सके आजै सपथ हुनेछ । शुक्रवार भएको मन्त्रीपरिषद् बिस्तारका लागि कांग्रेसले चार मन्त्रीको नामावली मात्रै पठाएको थियो । त्यस्तै, १० बैशाखमा हुने उप निर्वाचनको तयारी बारे छलफल हुनेछ ।

 

प्रकाशित समय १०:१७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु