विदेशमा सिकेको सिपलाई स्वदेशमै उत्पादनसँग जोड्ने काममा रिटर्नी फेडेरेशन
महाधिवेशन तयारी भव्यरुपमा भइरहेको छ : सापकोटा
काठमाडौं । विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरुले त्यहाँ आर्जन गरेका ज्ञान, पूँजी, सिप र जाँगरलाई उत्पादनसँग जोडेर दीगो अर्थतन्त्र विकास गर्ने उद्देश्यले स्थापित रिटर्नी फेडेरेसन नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनले यही चैत्र ११ र १२ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
काठमाडौंको धुम्बाराहीमा हुने महाधिवेशनका लागि हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न भएको फेडेरेसनले जनाएको छ । चन्द्रमहादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको जानकारी दिंदै रिटर्नी फेडेरेसन नेपालका प्रमुख जेपी सापकोटाले भने ‘रिटर्नी फेडेरेसन नेपालले यही चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौंको धुम्बाराहीमा सम्पन्न गर्नको लागि आवश्यक तयारी पूरा गरेको छ । पौष १६, २०७८ मा चन्द्रमहादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ ।’
देशभरिका ४ सय प्रतिनिधिको उपस्थितिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । जनसंगठनको रूपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको छ । विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरुले त्यहाँ आर्जन गरेका ज्ञान, पूँजी, सिप र जाँगरलाई उत्पादनसँग जोडेर दीगो अर्थतन्त्र विकास गर्न जरुरी भएको उनको भनाई छ ।
प्रकाशित समय २२:१४ बजे




















