V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

निर्माण व्यवसायी क्षेत्रका समस्याबारे अध्यक्ष सिंहले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिंदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै राष्ट्रपतिसँग भेट गरेका सिंहले व्यवसायीमैत्री कानूनको अभावमा धेरै व्यवसायीहरुले धेरै झमेलाको सामना गर्नुपरेको समेत बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । ‘मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा छ । अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनैपर्छ’ राष्ट्रपति पौडेलले भने ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको बताए । प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाललगायतका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित समय २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010