प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले सरकारमा जाने निर्णय गरेको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्न माओवादीलगायत विभिन्न राजनीति दलहरुले सहयोग गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न भइसकेको छ । प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् । संसद्मा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गृह तथा अर्थमन्त्रालय सहित महत्वपूर्ण मन्त्रालयको दावी गर्ने नेपाली कांग्रेसका एक नेताले बताए ।
प्रकाशित समय १२:५५ बजे




















