नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्छ : विज्ञहरु
काठमाडौं । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवि परिषद, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्व राजनीति र नेपाल” बिषयक अन्तर–सम्वाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा विषयवस्तुमाथि प्रस्तुती गर्दै राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईले नेपालको सामरिक महत्व इतिहासमै सर्वाधिक बढेको हुँदा नेपालको परराष्ट्र नीतिमा पुनरावलोकन हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताको बिषयमा गम्भीर छलफल भएको भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का परराष्ट्र मामिला विभाग उपप्रमुख कृष्णबहादुर केसीले विश्व मामिलामा र नेपालको बदलिएको राजनीतिक समीकरणबारे बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष विधान आचार्य, डा.दीपेन्द्र भण्डारी, महासचिव गजेन्द्र थपलिया, उपमहासचिव सुशील बिके, देवेन्द्र ढुंगाना, ऋषि उपाध्याय, भूमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुषाल, पाइलट मेल्सम ओझा लगायतका बुद्धिजीवीहरुले उक्त कार्यक्रममा आ–आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन अध्ययन केन्द्रका सहसंयोजक हरिप्रकाश चन्द (अग्निपुंज) ले गर्नुभएको थियो ।
प्रकाशित समय ०८:०३ बजे





















