प्राइम बैंकको चुक्ता पूँजी १९ अर्बभन्दा बढी पुग्दै
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्यो ।
सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% (चार प्रतिशत)का दरले बोनस शेयर दिने निर्णय भएको छ । चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ । उक्त सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालकहरुमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित हुनु भएको छ ।
प्रकाशित समय २०:१७ बजे


















