1100×100 Nabil Advert

नुवाकोटको महादेवफाँटबाट प्रभु बैंकको सेवा

प्रभु बैंक लिमिटेडले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफ्नो २१४औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन बाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डे गरे ।
महादेव फाँट शाखा कार्यालयको उद्घाटन गर्दै बाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैकिङ पहुँचमा बृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए ।
बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ–संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रकाशित समय १८:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु