1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

कुमारी बैंक लिमिटेडले तिनकुने शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार खत्रीको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत आमन्त्रित अतिथि गणको उपस्थितिमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत् क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको छ । ‘यस क्यूआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने–चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरु रहेका छन् । त्यसैगरी व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्र्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।
क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय–समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ८ हजारभन्दा बढी व्यापारीहरु फोनपेज क्यूआर डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराइसकेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैकिङ सुविधाहरु दिंदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १७:४५ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु