1100×100 Nabil Advert

अग्नि ग्रुपद्वारा बाराको जीतपुर सिमरामा सर्भिस सेन्टर खोलियो

बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रा.लि.ले हालै दक्षिणी नेपालको प्रदेश नं.–२ स्थित बारा जिल्लाको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटोजोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर हो ।
सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माद्वारा फागुन ४ गते संयुक्तरूपमा उद्घाटन गरे । कार्यक्रममा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।
‘यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेकोे छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ । यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कार्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुने छ ।
सिमरा अटो जोन, जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्टस् प्रदान गर्नु हो । यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु¥याउने उहाँहरूको आशा पूरा गर्नेछ । कम्पनीका अनुसार यस क्षेत्रमा यो सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्ने छ ।

 

प्रकाशित समय १६:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु