1100×100 Nabil Advert

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘डोनेशन बक्स’ प्रदान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्ख जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित श्री मुक्तिनाथ मन्दिरलाई ‘डोनेशन बक्स’ प्रदान गरेको छ । उक्त सहयोगले श्री मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई हस्तान्तरण गरे । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैकिङ सेवाको अतिरिक्त बेला–बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् ।

प्रकाशित समय १९:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु