1100×100 Nabil Advert

सिद्धार्थ बैंकको नयाँ शाखा सुन्धारामा

ललितपुर । सिद्घार्थ बैंकले ललितपुरको सुन्धारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कूल शाखा सञ्जाल संख्या तीनवटा एक्स्टेन्सन काउन्टरसहित १८४ पुगेको छ । बैंकले १०१ शाखारहित बैकिङ सेवा, २०५ एटिएम १६ सयभन्दा बढी पोइन्ट अफ सेल मेशिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १४:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु