1100×100 Nabil Advert

माछापुच्छ्रे बैंकको ऋणपत्र स्टक एक्सचेन्जमा सूचिकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र एक हजार रुपैयाँ कायम भएको उक्त ऋणपत्र मंसिर १८ देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् । सूचिकरणपछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
माछापुच्छ्रे बैंकले देशभरका आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १८:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु