सिभिल बैंकले ल्याएको ‘एन्यूटी डिपोजिट निक्षेप योजना’ कस्तो हो ?
काठमाडौं । सिभिल बैंकले नयाँ खालको डिपोजिट निक्षेप योजना ल्याएको छ । ‘एन्यूटी डिपोजिट निक्षेप योजना’ नाम दिइएको यो योजना कस्तो हो त ? चासोको विषय हुनसक्छ । बैंकले नेपालमै पहिलो पटक ल्याएको एन्यूटी डिपोजिट निक्षेप योजना बचत र मुद्दतीको समायोजन गरी बनाइएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र इच्छयाईएको रकम सो अवधिपश्चात एकमुष्ठ प्राप्त गर्नेछन् । सिभिल एन्यूटी डिपोजिटअन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने छ । न्यूनतम मौज्दात १ हजार रुपैयाँबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो भने १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्नसक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ । ग्राहकहरुको इच्छाअनुसार यो खाता एकभन्दा बढी खोल्न पाइने छ ।
सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउन सक्नेछन् । आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।
प्रकाशित समय २०:४८ बजे




















