V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सलाम एयरले सातै दिन नेपाल–ओमान उडान गर्ने

आगामी वर्ष एक लाख पर्यटक भित्र्याउने घोषणा

काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ । सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आज राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पु¥याउने बताए । नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयरलाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्वलगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउनसमेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए । सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मद अल देसुकीले आइएमई ट्राभलजस्तो विश्वसनीय व्यवसायिक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरे ।
कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्गलगायतका व्यक्तित्वहरूले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंक गरि कूल दश ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्घनमा सबैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दश ट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जानकारी दिए ।
ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यवसायिक क्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तव्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ । ओमानमै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्य लिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तव्यको घोषणा समेत गर्दैछ ।
सुरक्षा नीतिलाई शून्य सहनशीलताका रुपमा लिंदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिक धर्मका रुपमा लिइएको छ । ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफल भएको छ । विभिन्न देशमा जीएसएमार्फत आफ्नो सेवालाई विस्तार गर्दै आएको सलाम एयरले नेपालमा आईएमई ग्रुपद्वारा प्रवर्दित आईएमई ट्राभल्सलाई जीएसए तोकेको छ ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010