V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सुयोग मैनालीद्वारा एसिड आक्रमणका पीडितलाई एक लाख सहयोग गर्ने घोषणा

काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा निःशुल्क उपचार गराइदिने प्रतिबद्धता

काठमाडौं । नेपालमा दानवीरहरुको अझै पनि कमी छैन । जुनसुकै घटनाबाट पीडित बनेका व्यक्तिहरु भए पनि कुनै न कुनै तवरबाट, कोही न कोही व्यक्तिले सक्दो सहयोग गरिरहेका उदाहरण छन् । हालैमात्र एक सहयोगी व्यक्ति सुयोग मैनालीले नेपालमा बढिरहेको एसिड आक्रमणका घटनाप्रति चिन्ता व्यक्त गर्दै एसिड आक्रमणबाट पीडितको प्राथमिक उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
प्राथमिक उपचारपश्चात छालालाई पहिलेजस्तै बनाउने फ्य्राक्सनल लेजर उपचार काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा निःशुल्क गरिदिने प्रतिबद्धता समेत गरेका छन् । पीडितहरु तथा सम्बद्ध परिवारले ०१४७७१०४५ अथवा ९८६०७७७२०६ मा सम्पर्क गर्नसमेत उनले अनुरोध गरेका छन् । उनले भनेका छन्– ‘नेपालमा बढिरहेको एसिड आक्रमणका घटनाहरु हेर्दा सारै चिन्तित भएको छु । घटनाहरु रोक्न मैले नसक्ने भएनि, पीडितहरुको लागि केही मद्दत गर्न सक्छु कि भन्ने आशा गर्र्दै मैले सक्दो सहयोग गर्ने चेष्टा गरेको छु ।’

प्रकाशित समय २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010