1100×100 Nabil Advert

कीर्तिमानी खेलाडी कुमारी बैंकद्वारा पुरस्कृत

काठमाडौं । खेलकूदको क्षेत्रबाट नेपालको नाम उच्च पार्न सफल खेलाडीलाई कुमारी बैंकले पुरस्कृत गरेको छ । थाईल्याण्डमा सम्पन्न ओपन कराँते प्रतियोगिता २०१९ मा जुनियर ४८–केजी वेट क्याटगोरीमा अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तिमानी प्राप्ति गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरेको छ ।
खेलकूदमार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिइएको बैंकले जनाएको छ । नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठूलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
देशव्यापीरुपमा १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिंदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १०:०२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु