1100×100 Nabil Advert

स्वदेशीका कर्मचारीले गरे दशै खर्च कटौती गरी गरिब परिवारलाई सहयोग

मोरङ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय बेलवारीका कर्मचारीले आफ्नो दशैं खर्च कटाएर गरिब परिवारलाई सहयोग गरेका छन् । उनीहरुले मोरङस्थित सुन्दर हरैचा–७ कामत टोलका कुशलाल र जासो चौधरीको परिवारलाई दशैं आफूहरुको दशैं खर्च कटाएर सहयोग गरेका हुन् । ती दम्पत्तिका पाँच सन्तान छन्, पाँचमध्ये चार जना अपाङ्ग छन् । तिनीहरुलाई रेखदेख गर्न एकजना काम नगरी पालैपालो घरमा बस्नु पर्ने बाध्यता भएकाले एक जना खानाको बन्दोबस्ती गर्नको लागि खोलामा काम गर्न जाने गरेका छन् ।

बडादशैं नजिकिदै गरेको भए पनि ती गरिब तथा अपाङ्ग बच्चाको कारण बिहान बेलुकाको छाक टार्न समेत धौ–धौ परिरहेको अवस्थामा स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय वेलवारीमा कार्यरत कर्मचारीले आफ्नो दशैं खर्च कटौती गरी आउँदै गरेको बडा दशैं ती परिवारले पनि हर्षोल्लासले मनाउन भन्ने उद्देश्यले चिउरा, भुजा, भुजिया, चाउचाउ, विस्कुट, स्प्राईट, कोकोकोला, जुस र केही नगद रकम त्यस क्षेत्रका अनुगमन अधिकृतको सहयोगमा ती चौधरी दम्पत्ती परिवारलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बेलकारी शाखा प्रमुख मिना विष्टले नेपालीहरुको महान चाड वडादशै ती चौधरी परिवारले पनि अरु जस्तै हर्षोल्लासपूर्वक मनाऊन् भन्ने हेतुले थोरै भए पनि सहयोग गरेको बताइन् ।

प्रकाशित समय २१:४९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु