V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए

काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता  बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैकिङ सेवा शुरु गरिएको बैंकले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय सञ्जालमा जोड्न यी शाखाहरु महत्वपूर्ण हुनेछन् । हालसम्म मोटर बाटोको पहुँच नपुगेको यी दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैकिङ सेवाले केही सहजता प्रदान गर्नसक्ने विश्वास बैंकले लिएको छ । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसात गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लामा शाखा विस्तार गरेको जनाएको छ । यी शाखाहरु समेत गरी जनता बैकका देशभरमा शाखा सञ्जाल १२६ पुगेका छन् । यी शाखाहरु अतिरिक्त बैकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सीमित बैकिङ इकाई र ४० शाखारहित बैकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010