1100×100 Nabil Advert

ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता

ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा ताप्लेजुङ जिल्लाको विरेन्द्रचोक शाखामा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

विद्यार्थीहरुलाई वित्तीय सूचनाहरु प्रदान गरी सप्ताहब्यापी रचनात्मक कार्यक्रमहरु गर्ने उद्देश्यले सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा स्वदेशी लघुवित्तका सामाजिक विकास अधिकृत विकल काफ्ले, स्वदेशी लघुवित्त विरेन्द्र्रचोक शाखा प्रबन्धक दिपेश पोखरेल, भानु जन माविका प्राचार्य किशोरकुमार राई लगायतको उपस्थिति रहेको थियो । संस्थाले विद्यार्थीहरुसम्म वित्तीय चेतनाजस्तो महत्वपूर्ण विषयको ज्ञान दिएकोमा एकदमै खुशी लागेको विद्यालयका प्राचार्य राईले बताए । स्वदेशी लघुवित्त केन्द्रीय कार्यालयबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका सामाजिक विकास अधिकृत विकल काफ्लेले एक्काइसौं शताब्दीमा सबै मानिसहरु वित्तीय चेतनाको पहुँचबाट बाहिर रहननहुने र वित्तीय चेतना आधारभूत आवश्यकता बनिसकेकाले वित्तीय चेतनाका कार्यक्रमहरु देशको कुना–कुनासम्म पु¥याउनको निमित्त स्वदेशी लघुवित्त लागिरहेको तथा त्यसको बलियो माध्यम नै विद्यार्थीहरु भएको बताए । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

प्रकाशित समय ०८:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु