1100×100 Nabil Advert

गाउँकै जग्गा धितोमा राखेर मेगा बैंकबाट १० लाखसम्म ऋण पाइने

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले गाउँकै जग्गा धितोमा लिएर १० लाख रुपैयाँसम्म शाखारहित सेवामार्फत् ‘मेगा सरल कर्जा’ लगानी गर्ने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैकिङ्ग सेवा शुरुवात गरेको मेगा बैंकले शाखारहित सेवामार्फत् पनि मेगा सरल कर्जा लगानी गर्ने भएको हो । मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा खुलेको शाखारहित बैकिङ सेवाको उद्घाटनका अवसरमा सो कुरा बताएका हुन् । कुश्मा नगरपालिकाका वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गर्दै जनतालाई सहज ढंगले सेवा सुविधा प्रदान गर्नकै लागि शाखारहित सेवा स्थापना गरिएको बताए । वडाध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवाले सहज बनाउने विश्वास व्यक्त गरे । मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बंकिङ्ग सेवा शुरु गरेको जानकारी दिए । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्म शाखारहित बैकिङ्ग सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनले बताए ।

प्रकाशित समय २१:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु