1100×100 Nabil Advert

विपद व्यवस्थापनमा अझ धेरै काम गर्न बाँकी छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पहिरो, भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा उनले विपद व्यवस्थापन विपद, प्रकोप घटाउने कुरामा मात्र सीमित नभइ देश विकासको प्रमख जगको रुपमा रहेको बताए ।

‘हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’ उनले भने । ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैँ तत्पर रहेको बताए ।

 

प्रकाशित समय १०:५१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु