V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपालमा प्रक्रियागत र नीतिगत सहजीकरण गरेर लगानी आकर्षित गर्ने विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुबीच नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ ।

नेपालको विकासमा आवश्यक नीजि पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डिएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री डा.महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रकोबारेमा चर्चा गर्दै मन्त्री महतले भन्नुभयो– ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाईंहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु ।

सन २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्न सान्दर्भिक रहेको डा.महतले बताउनुभयो । छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याण्डको एफएमओ, फ्रान्सको प्रोपाको र स्वीसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010