1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उहाँले जितका शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले प्रतियोगितामा  ...more

लेक लागेर तीर्थयात्रीको मृत्यु
लेक लागेर तीर्थयात्रीको मृत्यु

बाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका-१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए ।  ...more

एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल
एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३:१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर  ...more

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि लागू हुने  ...more

विश्व बेपत्ताविरुद्धको दिवस आज
विश्व बेपत्ताविरुद्धको दिवस आज

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१  ...more

पाल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु
पाल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु

रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  ...more