गृहपृष्ठ निर्माण व्यवसाय

रघुगंगा गाउँपालिकालाई करोडौं मूल्यको जग्गा निःशुल्क दान, प्रशासकीय भवन निर्माण शुरु
रघुगंगा गाउँपालिकालाई करोडौं मूल्यको जग्गा निःशुल्क दान, प्रशासकीय भवन निर्माण शुरु

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष  ...more

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी  ...more

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम  ...more

एकतिस वर्षपछि महुरे-फोक्सिङटार सडक कालोपत्र हुँदै
एकतिस वर्षपछि महुरे-फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे-फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गर्नुभएको हो ।   दिक्तेल-गाईघाट  ...more

दुई वर्षअघि भासिएको बिरिङको पुल अझै बनेन
दुई वर्षअघि भासिएको बिरिङको पुल अझै बनेन

झापा । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल  ...more

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

मुस्ताङ। जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको  ...more