1100×100 Nabil Advert

नमस्ते पेको सीईओमा प्रविणराज पोखरेल नियुक्त

काठमाडौं । नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । १५ वैशाख २०८० मा नेपाल डिजिटल पेमेन्टस कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा प्रविणराज पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको छ ।‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ’ नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने ।

 

पोखरेलले भने- ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु ।’

 

पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्याक रेकर्ड भएका नेता हुन् र थप केन्द्रित, सफलता–उन्मुख र रूपान्तरणको एक भागको रूपमा महत्वपूर्ण पोर्टफोलियो र संगठन परिवर्तनहरू प्रदान गरेका छन् । यसअघि पोखरेलले एफवान सफ्ट इन्टरनेशनल र एम नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसक्नु भएको छ । उहाँसँग बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ र उहाँले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गर्नुभएको छ । पोखरेलले युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गर्नु भएको छ । नेपालमा डिजिटल भुक्तानीमा धेरै कोसेढुङ्गाहरू हासिल गर्नु भएको छ ।

प्रकाशित समय २२:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु