नागेन्द्र साह नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजोको मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गरेको बताइएको छ । निगमकै पूर्व निमित्त कार्यकारी निदेशक शाह क्षमतावान् व्यक्ति हुन् ।
निगमको कार्यकारी निर्देशक पदका लागि भएको खुला प्रतिस्पर्धामा उत्कृष्ठ तीनमा पर्न सफल शाह सबैभन्दा योग्य र क्षमता भएको आधारमा नियुक्त भएका हुन् । उनी सिएसमेत हुन् ।
प्रकाशित समय १२:२२ बजे


















